भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोटः ७ को मृत्यु, ३० घाइते

  • कालिका खवर
  • शनिबार, कार्तिक २९, २०८२
  • नयाँ दिल्ली ।  भारतको काश्मिरमा रहेको श्रीनगरको नवगाम प्रहरी चौकीभित्र शुक्रबार राति भएको भीषण विस्फोटमा कम्तीमा सात जनाको मृत्यु र करिब ३० जना घाइते भएका छन् ।

    विस्फोटपछि प्रहरी चौकी र परिसरभित्र रहेका सवारीसाधनमा आगलागी भई ठूलो क्षति पुगेको छ । स्थानीय मिडियाका अनुसार, दिल्लीमा हालै भएको कार बम विस्फोटसम्बन्धी अनुसन्धानका क्रममा फरीदाबादबाट ल्याइएका विस्फोटक सामग्री जाँच गर्ने क्रममा दुर्घटना भएको बताइए पनि प्रहरीले आधिकारिक बयान दिएको छैन ।

    मृतकमध्ये अधिकांश प्रहरी तथा फरेन्सिक टोलीका सदस्य रहेको जनाइएको छ । घटनापछि ठूलो सङ्ख्यामा दमकल र एम्बुलेन्स परिचालित गरी घाइतेहरूलाई नजिकका अस्पताल पुगेको छ । यसअघि दिल्लीको लालकिल्ला नजिकै सोमबार भएको कार विस्फोटमा ८ जनाको मृत्यु भएकोमा पछिल्ला रिपोर्टले मृतक सङ्ख्या १३ पुगेको उल्लेख गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar