भ्रष्टाचार रोक्न नसके रास्वपा पनि हराएर जान्छ : महावीर पुन

  • कालिका खवर
  • मङ्लबार, चैत्र १०, २०८२
  • काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनले भ्रष्टाचार नियन्त्रण गर्न नसके रास्वपा पनि भविष्यमा हराएर जाने बताएका छन्।

    सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सरकार बनेपछि पहिलो दिनदेखि नै भ्रष्टाचारविरुद्ध कडा कदम चाल्नुपर्ने बताएका छन्।

    उनले लेखेका छन्, “अब आउने रास्वपाको सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारीहरूलाई नियमअनुसार कारबाही गर्दै कहिल्यै उठ्न नसक्ने गरी नंग्याउनुपर्छ। नियमले छेक्यो भने तुरुन्त नयाँ नियम बनाउनु पर्छ।”

    उनले सरकारले भ्रष्टाचार रोक्न नसके जनतालाई ठूलो धोका हुने र त्यसको असर पार्टीमाथि पनि पर्ने बताएका छन्। “सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ र रास्वपा पनि कालान्तरमा हराएर जानेछ,” उनले भने।

    पुनले तीन महिनाभित्रै जनताले सुशासनको अनुभूति गर्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्। साथै भ्रष्टाचार र कुशासन हटाउने अभियानमा आफूले सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar