बालेनको शपथका लागि शुभ साइत तय, १०८ बटुकद्वारा वैदिक मन्त्रोच्चरण गरिने

  • कालिका खवर
  • बुधबार, चैत्र ११, २०८२
  • काठमाडौं । प्रधानमन्त्री पद सम्हाल्न लागेका बालेन्द्र शाहको शपथ ग्रहणका लागि शुक्रबार दिउँसो १२:३४ बजे शुभ समय तय गरिएको छ। सोही समयअनुसार सपथ कार्यक्रम सञ्चालन गर्न राष्ट्रपति कार्यालयलाई जानकारी दिइएको हो ।

    समारोहलाई धार्मिक तथा सांस्कृतिक रूपमा विशेष बनाउन व्यापक तयारी गरिएको छ।

    कार्यक्रमका क्रममा १०८ बटुकद्वारा वैदिक मन्त्र उच्चारण गरिनेछ भने १०७ जना बौद्ध लामाहरूले मंगलकामना पाठ गर्ने योजना छ।

    यसैगरी, सात जना ब्राह्मणले शंख बजाउँदै समारोहलाई परम्परागत शैलीमा सम्पन्न गरिने बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar