बालेन सरकार ६ महिना पनि नटिक्ने गरी सशक्त आन्दोलन आवश्यक : महेश बस्नेत

  • कालिका खवर
  • शुक्रबार, जेष्ठ २९, २०८३
  • काठमाडौं । नेकपा (एमाले) को सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकार ढल्ने गरी आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

    आज बागमती प्रदेश संगठन कमिटीको बैठकलाई सम्बोधन गर्दै बस्नेतले सरकारलाई ६ महिना पनि नटिक्ने गरी भदौ २३ र २४ गते गरेको आन्दोलनभन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक रहेको बताएका हुन् ।

    उनले भने, ‘सदनमा बोल्ने कोही छैन। त्यसैले जनताले यो भन्दा बढी बुझ्नुपर्ने केही छैन। अब हामी बालेन सरकारलाई ६ महिना पनि नटिक्ने गरी यिनीहरूले भदौ २३ र २४ गते गरेको आन्दोलनभन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar