बागमतीमा सरकार गठनका लागि एमालेले बनायो वार्ता समिति

  • कालिका खवर
  • मङ्लबार, भदौ २, २०८३
  • काठमाडौं । नेकपा एमालेले बागमती सरकार गठनका लागि वार्ता टोली गठन गरेको छ । सरकार गठनका लागि अन्य दलसँग छलफल गर्न एमालेले वार्ता टोली गठन गरेको हो । काँग्रेससँगको सहकार्य टुटेपछि नेकपासँग सहकार्य गरेको एमालेलाई सरकार गठनका लागि अन्य दलको पनि साथ आवश्यक पर्दछ ।

    एमालेले किरण थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको भएपनि त्यसका लागि अन्य दललाई पनि साथमा लिनुपर्नेछ । मुख्यमन्त्रीमा अघि सारिएका थापाकै संयोजकत्वमा एमालेले अन्य दलसँग वार्ताका लागि समिति बनाएको हो ।

    समितिमा भरत थापा, केशव पोखरेल, भारती पाठक र डा. दिनेशचन्द्र देवकोटा रहेका छन् । बागमती प्रदेशसभा १०४ सदस्यीय छ । सरकार गठनका लागि ५३ जना सदस्यको बहुमत आवश्यक हुन्छ । जसमा एमाले र नेकपाका सांसद संख्या ५१ मात्रै पुग्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar