बाढीपीडितका लागि एमएडब्ल्यू ग्रुपको १ करोड ११ लाख सहयोग

  • कालिका खवर
  • मङ्लबार, भदौ १६, २०८३
  • काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि एमएडब्ल्यू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ ।

    बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि तत्काल सहयोग आवश्यक रहेको भन्दै ग्रुपले बाढी प्रभावित परिवार तथा समुदायको सहयोगका लागि उद्धार कोषमा उक्त रकम उपलब्ध गराएको हो ।

    “यस्ता कठिन परिस्थितिमा कम्पनीले सधै राष्ट्र र नेपाली जनताको साथमा उभिने र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रयास गर्दै आएको छ ।” एमएडब्ल्यू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले भने, “मानिसहरूले गुमाएको पीडा कुनै पनि योगदानले मेटाउन सक्दैन । तर, अत्यन्त कठिन समयबाट गुज्रिरहेका परिवारलाई यस सहयोगले केही राहत प्रदान गर्ने एमएडब्ल्यू ग्रुपको आशा छ ।”

    नेपालले संकटको सामना गरेका हरेक कठिन समयमा एमएडब्ल्यू ग्रुपले प्रभावित नागरिकको साथमा उभिएर आफ्नो तर्फबाट सहयोग गर्दै आएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसपटकको योगदान पनि त्यही भावनाको निरन्तरता हो, राष्ट्रलाई आवश्यक परेको समयमा नेपाली जनताको साथमा उभिने निरन्तर प्रयास ।

    कम्पनीले बाढीका कारण आफ्ना प्रियजन गुमाएका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घर तथा जीविकोपार्जनका साधन गुमाएका सबैप्रति गहिरो सहानुभूति प्रकट गरेको छ ।

    कम्पनीले राष्ट्रलाई आवश्यक परेको वर्तमान समय र आगामी दिनहरूमा पनि नेपाल र नेपाली जनताको साथमा निरन्तर उभिने प्रतिबद्धता व्यक्त गरेको छ । साथै, देशभर राहत तथा उद्धार कार्यमा अथक रूपमा खटिरहेका सबैप्रति कम्पनीले आभार व्यक्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar