बाढीमा मृत्यु हुनेको संख्या एकहजार नाघ्यो

  • कालिका खवर
  • मङ्लबार, भदौ १६, २०८३
  • काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, मंगलबार दिउँसो १ बजेसम्म एक हजार तीनजनाको शव फेला परेको हो । सबैभन्दा धेरै ३२१ वटा शव चितवनमा भेटिएको छ ।

    यसैगरी रसुवामा ४१, नुवाकोटमा ९५, धादिङमा ५७, गोरखामा ६५, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा २१६, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा १७, तनहुँमा ३८ वटा शव फेला परेको हो । प्राधिकरणका अनुसार अझै तीन हजार ९१६ जना सम्पर्कविहीन छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar