ब्राजिलमा सडक दुर्घटना परी ११ जनाको मृत्यु

  • कालिका खवर
  • आइतवार, पुस १३, २०८२
  • साओ पाउलो : ब्राजिलको उत्तरपूर्वी राज्य बाहियामा भएको गम्भीर सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । सङ्घीय राजमार्ग प्रहरीका अनुसार मृतकमध्ये दुई जना दुई र चार वर्षका बालबालिका रहेका छन् ।

    दक्षिण बाहियाको मुकुरी नगर नजिकै रहेको सङ्घीय राजमार्गमा दुई सवारी साधन एकआपसमा आमनेसामने ठोक्किएका थिए । ठक्करपछि दुवै सवारी साधनमा आगलागी भएको जनाइएको छ ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालकहरूमध्ये एकले गलत तरिकाले अगाडि बढ्ने प्रयास गर्दा दुर्घटना भएको अनुमान गरिएको छ ।

    राजमार्ग सञ्चालन गर्ने कम्पनीले दिएको जानकारीअनुसार घटनास्थलमै १० जनाको ज्यान गएको थियो भने एक जनाको उपचारका क्रममा स्वास्थ्य संस्थामा मृत्यु भएको हो । हालसम्म मृतकहरूको नाम सार्वजनिक गरिएको छैन । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar