अरनिको पाँडेले पनि फिर्ता लिए रास्वपाको समानुपातिक सूचीबाट नाम

  • कालिका खवर
  • सोमवार, पुस २१, २०८२
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य डा. अरनिको पाँडेले पनि पार्टीको समानुपातिक उम्मेदवारको बन्दसूचीबाट उम्मेदवारी फिर्ता लिने घोषणा छन् । पाँडेले आइतबार बसेको केन्द्रीय समितिको दोस्रो चरणको बैठकमा समानुपातिकको सूचीबाट आफ्नो नाम फिर्ता लिने बताएका थिए ।

    रास्वपा प्रवक्ता मनीष झाका अनुसार बैठकमा डा. पाँडेले आफ्नो नाम फिर्ता लिएर सहयोग गर्ने जानकारी गराएका थिए । यसअघि रास्वपाको समानुपातिक सूचीबाट डा. महेन्द्र लावती, सचिन ढकाल, आसिफ साह, त्रिशला गुरूङले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar