अनलाइमार्फत यौन व्यवसायमा लगाउने प्रतिवादी पक्राउ

  • कालिका खवर
  • बिहिबार, चैत्र १९, २०८२
  • काठमाडौं । अनलाइनमार्फत यौन व्यवसायमा लगाउने प्रतिवादी शिवबहादुर सारुलाई नेपाल प्रहरीको मानव बेचबिचन अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।

    पीडित २६ वर्षी ‘बबरमहल ३५७’ का अनुसार, सारुले आर्थिक प्रलोभनमा पारेर गत असोजमा विभिन्न होटलमा पठाई जबर्जस्ती यौन व्यवसायमा लगाएका थिए । सारुले पीडितलाई यौन व्यवसायमा लगाएबापत प्रतिग्राहक आठ हजारदेखि २० हजार रुपैयाँसम्म असुल्दै आएका थिए ।

    सोही अवस्थामा प्रहरीले गत वर्ष कात्तिकमा पीडितको उद्धार गरेको थियो । उक्त कार्यप्रति पीडितले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जाहेरी दिएपछि प्रहरीले सारुको खोजी तीव्र पारेको थियो ।

    सारुलाई यही चैत १८ गते साउदी अरबबाट नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सहयोगमा पक्राउ गरिएको हो ।

    उनीमाथि काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar