अमेरिकी विशेष दूत र रवि लामिछानेबीच टेलिफोन वार्ता

  • कालिका खवर
  • बुधबार, चैत्र ११, २०८२
  • काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोर र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच टेलिफोन वार्ता भएको छ ।

    काठमाडौंस्थित अमेरिकी दूतावासले दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोर र रवि लामिछानेबीच मंगलबार टेलिफोन वार्ता भएको जनाएको हो ।

    टेलिफोन वार्तामा दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्राप्त जितका लागि रास्वपालाई बधाई दिएका थिए ।

    “अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै हाम्रो आर्थिक साझेदारीको सुदृढीकरण गर्न र हाम्रा दुई देशबीचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक रहेको छ,” अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar