आयोगका पदाधिकारीमाथि दबाब, अध्यक्ष मगरले आकस्मिक बैठक बोलाए

  • कालिका खवर
  • मङ्लबार, भदौ २४, २०८२
  • काठमाडौं । युवा प्रदर्शनकारीमाथि प्रहरीको चर्को बल प्रयोगमा मौन रहेको भनी चौतर्फी आलोचना खेपेपछि राष्ट्रिय मानव अधिकार आयोगले आकस्मिक रुपमा पदाधिकारीहरूको बैठक डाकेको छ ।

    आयोग सम्वद्ध स्रोतका अनुसार, गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनामा आयोग मौन रहेको भनी चौतर्फी आलोचना आएपछि कर्मचारीहरूले समेत आयोगका पदाधिकारीहरूलाई दबाव दिएका थिए ।

    त्यसपछि आयोगका अध्यक्ष तपबहादुर मगरले बिहान १० बजे आकस्मिक रुपमा बैठक डाकेका हुन् ।

    सोमबारको प्रदर्शनपछि राष्ट्रिय मानव अधिकार आयोगले विज्ञप्ति निकालेको थियो । तर प्रदर्शनमा भएको चर्को दमनमा मौन रहेको आयोगले प्रदर्शनलाई संयमित बनाउन आन्दोलनकारीहरूलाई आग्रह गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar