भिसा लिडरसिप कन्क्लेभमा कुमारी बैंक लगातार तेस्रो वर्ष दुई विधामा सम्मानित

  • कालिका खवर
  • बुधबार, मंसिर ९, २०८३
  • काठमाडौं । भिसा इन्टरनेशनलद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२६’ मा कुमारी बैंक लिमिटेड दुई विधामा सम्मानित भएको छ ।

    बैंकले सीमापार कारोबार तथा उपभोक्ता क्रेडिट कार्ड व्यवसायमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै ‘Excellence in Cross-Border Business’ र ‘Excellence in Consumer Credit Cards Business Principal Client’ विधामा सम्मान प्राप्त गरेको हो ।

    कुमारी बैंकले लगातार तीन वर्षदेखि यी दुवै विधामा सम्मान प्राप्त गर्दै आएको जनाएको छ । यसले अन्तर्राष्ट्रिय भुक्तानी सेवा विस्तार, सीमापार कारोबार प्रवर्द्धन तथा ग्राहककेन्द्रित कार्ड सेवामा बैंकले हासिल गरेको व्यावसायिक सफलतालाई प्रतिबिम्बित गरेको बैंकको भनाइ छ ।

    डिजिटल भुक्तानी प्रणालीको विश्वव्यापी विस्तारसँगै कुमारी बैंकले आफ्ना ग्राहकलाई सुरक्षित, सहज र नवीन भुक्तानी सेवा उपलब्ध गराउँदै आएको छ । विशेषगरी भिसा कार्डमार्फत प्रदान गरिने सेवा तथा अन्तर्राष्ट्रिय कारोबारसम्बन्धी सुविधालाई थप प्रभावकारी बनाउने दिशामा बैंक सक्रिय रहेको जनाएको छ ।

    स्थापनाकालदेखि नै आधुनिक प्रविधिमा आधारित बैंकिङ सेवालाई प्राथमिकता दिँदै आएको बैंकले डिजिटल बैंकिङ, कार्ड सेवा तथा विद्युतीय भुक्तानी प्रणालीको विकास र विस्तारलाई निरन्तरता दिँदै आएको छ । आगामी दिनमा पनि ग्राहकको आवश्यकताअनुसार उन्नत, सुरक्षित र विश्वसनीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

    २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर २७९ शाखा, २९५ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ । बैंकले डिजिटल बैंकिङ तथा भुक्तानी सेवाको पहुँच विस्तार गर्दै वित्तीय समावेशीकरणमा समेत योगदान पुर्‍याउँदै आएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar