चीनबाट रास्वपा सांसदको अडिओ सार्वजनिक भएपछि सांसद न्यौपानेले दिए प्रष्टीकरण

  • कालिका खवर
  • शनिबार, मंसिर ५, २०८३
  • काठमाडौं । चीन भ्रमणका क्रममा रास्वपा सांसदहरूबीच भएको राजनीतिक कुराकानीको अडिओ सार्वजनिक भएपछि सांसद श्रीराम न्यौपानेले त्यसबारे आफ्नो प्रष्टीकरण दिएका छन् ।

    शुक्रबार राति फेसबुकमार्फत उनले सार्वजनिक गरेको स्पष्टीकरणमा पुराना राजनीतिक नेतृत्वप्रति जनतामा रहेको असन्तुष्टि र परिवर्तनको चाहनाले रास्वपाले ठूलो जनमत प्राप्त गरेको उल्लेख गरेका छन्।

    उनले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को विगतको कार्यशैलीप्रति जनतामा असन्तुष्टि रहेको बताएका हुन् । न्यौपानेले जनताले दिएको विश्वासलाई कायम राख्न रास्वपाले सुशासन, विकास तथा सार्वजनिक सेवा प्रवाहमा देखिने गरी काम गर्नुपर्नेमा जोड दिएका छन्। निर्वाचनमा प्राप्त मतलाई स्थायी समर्थनका रूपमा लिन नहुने उनको भनाइ छ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनताले दिएको यो अभूतपूर्व अवसरलाई सदुपयोग गर्दै सुशासन, विकास र सेवा प्रवाहमा ठोस परिणाम दिन सक्नुपर्छ । जनताको अपेक्षाअनुसार काम गरेर परिणाम घरदैलोसम्म पुर्‍याउन सकेनौँ भने आगामी निर्वाचनमा हामीले पनि विगतका राजनीतिक दलहरूले सामना गरेको जनविश्वासको संकट बेहोर्नुपर्ने अवस्था आउन सक्छ।’

    सार्वजनिक अडिओमा सांसदहरूबीच भएको अनौपचारिक संवादको आशय पनि जनताको विश्वासलाई कामबाट प्रमाणित गर्नुपर्ने रहेको उनले दाबी गरेका छन्।

    न्यौपानेले थप लेखेका छन्, ‘हाम्रो अनौपचारिक छलफल र संवादको मूल निष्कर्ष यही थियो– जनताले दिएको मत र विश्वास स्थायी होइन,’ ।

    facebook sharing button
    twitter sharing button
    messenger sharing button
    whatsapp sharing button

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar