पूर्वआईजीपी दानबहादुर कार्कीको रिटमा भोलि पहिलो सुनुवाइ

  • कालिका खवर
  • मङ्लबार, मंसिर १, २०८३
  • काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा भोलि प्रारम्भिक सुनुवाइ हुने भएको छ।

    कार्कीले पुनर्वहालीको मागसहित दिएको रिट यसअघि हिजो सुनुवाइका लागि पेसीमा चढेको थियो। तर छठ पर्वको सार्वजनिक बिदाका कारण सुनुवाइ हुन नसकेपछि भोलिका लागि पेसी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

    सरकारको निर्णयले प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ को व्यवस्था उल्लंघन गरेको कार्कीको दाबी छ। उनले आफूलाई पुनः प्रहरी महानिरीक्षकको जिम्मेवारीमा फर्काउन माग गर्दै रिट दिएका हुन्। साथै, नयाँ नियुक्त आईजीपीलाई कामकाज गर्न नदिन अन्तरिम आदेश जारी गर्न पनि उनले अदालतसँग माग गरेका छन्।

    सरकारले डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेपछि कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारीमा पठाएको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar