प्रधानमन्त्री बालेनको भारत भ्रमण दुई दिनको हुने

  • कालिका खवर
  • मङ्लबार, मंसिर १, २०८३
  • काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण दुई दिनको हुने भएको छ । उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते दिउँसो १:२५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिल्ली प्रस्थान गर्नेछन् ।

    उनी मंसिर ७ गते अपराह्न ४:२० बजे निगमकै नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ । यसअनुसार प्रधानमन्त्री शाह दिल्लीमा करिब साढे २५ घण्टा मात्रै रहनेछन् ।

    यसअघि प्रधानमन्त्रीको भारत भ्रमण तीन दिनको हुने चर्चा थियो । तर, समय छोट्याएर दुई दिनमा सीमित गरिएको हो । यद्यपि भ्रमणको औपचारिक घोषणा र विस्तृत कार्यतालिका सार्वजनिक हुन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar