अमरेशकुमार सिंहले जानकी मन्दिरबाट थाले मेची–महाकाली पदयात्रा

  • कालिका खवर
  • सोमवार, कार्तिक ३०, २०८३
  • जनकपुरधाम । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्रा सुरू गरेका छन् ।

    उनले आज पार्टी सभापति रवि लामिछानेसहितका नेताको उपस्थितिमा जनकपुरधामस्थित जानकी मन्दिरबाट पदयात्राको सुरूवात गरेका हुन् । पदयात्राको उद्घाटन सभापति लामिछानेले गरे ।

    पदयात्राको मुख्य उद्देश्य देशको भौगोलिक, जातीय, धार्मिक तथा सामाजिक विविधताबीच राष्ट्रिय एकता बलियो बनाउनु र जनताका वास्तविक समस्या प्रत्यक्ष रूपमा सुन्नु रहेको उनले बताए।

    उनले भने, ‘यो देश जोड्ने यात्रा हो, समाज जोड्ने यात्रा हो। जात, धर्म, पहाड, मधेस वा वर्गका नाममा देशमा कुनै पनि द्वन्द्व नहोस् भन्ने उद्देश्यले यो अभियान सुरु गरेको हुँ।’

    पदयात्राका क्रममा दैनिक पाँच घण्टा हिँड्ने र सात घण्टा जनताका कुरा सुन्ने योजना बनाएको बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar