झापा र सुनसरीबाट ब्राउन सुगरसहित ३ जना पक्राउ

  • कालिका खवर
  • आइतवार, कार्तिक २९, २०८३
  • विराटनगर । प्रहरीले लागू औषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । झापा र सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट प्रहरीले ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका–१ का २४ वर्षीय बुद्धिराज लिम्बु, सोही स्थानका २७ वर्षीय कृष्णप्रसाद खरेल रहेका छन् ।

    कात्तिक २८ गते झापाको झापा गाउँपालिका–५ खादा बस्तीस्थित इलाका प्रहरी कार्यालय कुमरखोद र प्रहरी चौकी शरणामतिबाट खटिएको संयुक्त प्रहरी टोलीले प्र ०१–०१–०१५ प ८५६७ नम्बरको मोटरसाइकललाई शङ्का लागि चेकजाँच गर्दा लिम्बु र खरेलको साथबाट १६ ग्राम ५४० मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।

    त्यसैगरी, सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीले पनि अर्का एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–४ का २७ वर्षीय नारायण प्रसाईँ रहेको प्रहरीले जनाएको छ ।

    उनको साथबाट १ ग्राम ४१० मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।  पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar