२४ घण्टामा ५५७ जना चालक ट्राफिक कारबाहीमा

  • कालिका खवर
  • आइतवार, कार्तिक २९, २०८३
  • काठमाडौं : ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५५७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७२, सिसिटिभिमार्फत २७, रातोबत्तीमा ५३ जना चालकलाई कारबाही गरिएको छ ।

    यसैगरी, तीव्रगतिमा १६६, हर्न निषेधमा १२, अवस्था ठिक नभएको १२ जना एकतर्फि २ जना र अन्यमा २१४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar