भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी

  • कालिका खवर
  • शनिबार, कार्तिक २८, २०८३
  • भक्तपुर । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको रेस्टुरेन्टमा आगलागी भएको छ । शनिबार बिहान करिब ७ बजे आगलागी भएको हो । स्थानीय कविता ठकुरीका अनुसार विद्युत् लाइन सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान छ ।

    आगलागीको खबर पाएपछि दमकलसहितको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणको प्रयास गरेको थियो । स्थानीयले सडकबाटै धुवाँ र आगोको मुस्लो देखेपछि प्रहरीलाई खबर गरेका थिए । आगलागीको वास्तविक कारण तथा क्षतिको विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar