इनम सापकोटा मोबाइल प्रकरणमा सत्ताको चरम दुरुपयोग भयो : पद्मा अर्याल

  • कालिका खवर
  • बिहिबार, कार्तिक १९, २०८३
  • काठमाडौं । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले इनम सापकोटा मोबाइल प्रकरणमा सत्ताको चरम दुरुपयोग भएको बताएकी छन् ।

    बिहीबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले प्रहरी अनुसन्धानमा रहेका व्यक्तिको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीको सल्लाहकारको निवासमा रहनुले सत्ताको चरम दुरुपयोगका साथै प्रमाण नष्ट हुने आशंका देखिएको बताएकी हुन् । उनले सुशासनको नारा दिएर आएको सरकारले कानुनी र नैतिक हिसाबले यसको जवाफ दिनुपर्ने उल्लेख गरिन् ।

    प्रहरी अनुसन्धानमा रहेको व्यक्तिको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीको सल्लाहकारको निजी निवासमा पुग्नु, म्यासेज डिलिट हुनु, स्क्यान गरिनु जस्ता विषयहरू गम्भीर रहेको उनले बताइन् । उनले यस विषयमा जोडिएका व्यक्तिहरुमाथि छानबिन हुनुपर्ने धारणा राखिन् ।

    त्यस्तै, उनले नेपाल प्रहरी कुनै दल वा व्यक्तिको निजी संस्था नभई राज्यको एक व्यावसायिक, स्वतन्त्र संस्था भएकाले यसमाथिको हस्तक्षेपले शान्ति सुरक्षालाई कमजोर बनाएको बताइन् । अर्यालले अहिलेको सरकार रास्वपा नेतृत्वको भएकाले सरकारले गरेका कामको जवाफदेहिता पनि रास्वपाले लिनुपर्ने तर्क गरिन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar