आईजीपीबाट पदमुक्त कार्की पुनर्बहालीको माग गर्दै आज सर्वोच्च जाने

  • कालिका खवर
  • बिहिबार, कार्तिक १९, २०८३
  • काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट पदमुक्त गरिएका दानबहादुर कार्कीले आफ्नो पुनर्बहालीको माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउने तयारी गरेका छन् ।

    आईजीपी पदबाट हटाउने सरकारको निर्णयलाई कानुनी रूपमा चुनौती दिने तयारीस्वरूप कार्कीले बुधबार दिउँसो कानुन व्यवसायीहरूसँग परामर्श गरेका थिए । उनीनिकट एक कानुन व्यवसायीका अनुसार बुधबार समय अभावका कारण रिट दर्ता हुन नसकेपछि बिहीबार सर्वोच्च अदालत जाने तयारी गरिएको हो ।

    मन्त्रिपरिषद्को बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट पदमुक्त गर्ने निर्णय गरेपछि उनी कानुनी उपचारको बाटोमा अघि बढेका हुन् । सरकारले कार्कीलाई पदमुक्त गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई प्रहरी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

    सरकारको उक्त निर्णयविरुद्ध कार्कीले सर्वोच्चमा रिट दर्ता गराएसँगै प्रहरी नेतृत्व परिवर्तनको विषय अदालतसम्म पुग्ने भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar