गोली प्रहारबाट २८ वर्षीय युवक गम्भीर घाइते

  • कालिका खवर
  • बुधबार, कार्तिक १८, २०८३
  • रौतहट । रौतहटको गौर नगरपालिका–४ गढवा टोलस्थित पानी ट्यांकी नजिक अज्ञात समूहको गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् ।

    गएराति सवा ९ बजे बजे सोही स्थान बस्ने अन्दाजी २८ वर्षीय राकेश यादवलाई पेस्तोलको गोलीका छर्रा लाग्दा दाहिने खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको हो ।

    उनलाई प्रादेशिक अस्पताल गौरमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको छ ।

    उनको अवस्था गम्भीर रहेको छ । घाइते यादवको ढाडमा तीन, दाहिने पाखुरामा एक र दुवै खुट्टामा दुई गरी ६ वटा गोलीका छर्रा लागेको छ ।

    घटनास्थलमा ७.६२ एमएम पेस्तोलको तीन वटा खाली खोका फेला परेका छन् । घटनाबारे जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar