महालक्ष्मी विकास बैंक र दराजबीच ११.११ अभियानका लागि सहकार्य, ग्राहकलाई २० प्रतिशतसम्म छुट

  • कालिका खवर
  • मङ्लबार, कार्तिक १७, २०८३
  • काठमाडौं । महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानलाई लक्षित गर्दै ग्राहकलाई विशेष छुट तथा सुविधा प्रदान गर्ने सम्बन्धमा सहकार्य भएको छ ।

    ग्राहकको आवश्यकता, सुविधा र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आएको बैंकले आफ्नो डिजिटल बैंकिङ सेवालाई थप विस्तार गर्ने उद्देश्यले दराज नेपालसँग सहकार्य गरेको हो ।

    यस सहकार्यअन्तर्गत २०८३ कार्तिक १५ गतेदेखि २५ गतेसम्म महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्ने ग्राहकले विशेष छुट प्राप्त गर्नेछन् ।

    योजनाअनुसार डेबिट कार्डबाट भुक्तानी गर्दा खरिद रकममा १५ प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँसम्म छुट पाइनेछ । त्यस्तै, क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

    छुट प्राप्त गर्न ग्राहकले दराजबाट सम्बन्धित भौचर संकलन गर्नुपर्नेछ । साथै, योजनाअन्तर्गत सहभागी हुने ग्राहकलाई पहिले आउनेलाई प्राथमिकता दिई छुट प्रदान गरिनेछ ।

    बैंकका अनुसार यस सहकार्यले ग्राहकसँग डिजिटल माध्यमबाट जोडिन, भुक्तानी प्रक्रियालाई सहज बनाउन तथा डिजिटल नवप्रवर्तनमार्फत ग्राहक सन्तुष्टि अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

    गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar