लेदोसहितको पहिरोले हेटौंडा–भीमफेदी–दक्षिणकाली सडक अवरुद्ध

  • कालिका खवर
  • शनिबार, कार्तिक १४, २०८३
  • काठमाडौं । अविरल वर्षाका कारण लेदोसहितको पहिरो खस्दा हेटौंडा–भीमफेदी–दक्षिणकाली सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    शनिबार बिहान साढे १० बजे इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरी पेट्रोल पम्प नजिकै माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवापुरले जनाएको छ ।

    पहिरोका कारण सडकमा यातायात पूर्ण रूपमा ठप्प भएको छ ।

    घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी सिस्नेरीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

    अवरुद्ध सडक खुलाउन जेसीबीको व्यवस्थापन तथा समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar