कुनै पनि पार्टीसँग एकताको सम्भावना छैन : घिसिङ

  • कालिका खवर
  • बिहिबार, कार्तिक १२, २०८३
  • काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हाल कुनै पनि पार्टीसँग एकताको सम्भावना नरहेको बताएका छन्।

    निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएर फर्किने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कुनै पार्टीसँग एकताका विषयमा वार्ता वा संवाद नभएको स्पष्ट पारे। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीसँग एकताको चर्चा भइरहेको विषयमा उनले उक्त पार्टीसँग भेटघाटसमेत नभएको बताए।

    घिसिङले पार्टी एकता हचुवाका भरमा गर्न नहुने भन्दै त्यसका लागि धेरै विषयमा सहमति आवश्यक पर्ने बताए। विगतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग भएको एकताको प्रसंग उल्लेख गर्दै उनले भने, ‘हिजो १२ दिनको एकताले हामीलाई ठूलो क्षति भयो। एकताको विषय हचुवामा हुँदैन। धेरै कुरा मिल्नुपर्छ।’

    उनले श्रम संस्कृति पार्टीसँग मात्रै नभई अन्य साना दलसँग पनि भविष्यमा एकताको सम्भावना हुन सक्ने बताए। तर, अहिले भने कुनै पनि पार्टीसँग एकताको सम्भावना नरहेको उनको भनाइ छ।

    अध्यक्ष घिसिङले आगामी स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले सबैभन्दा धेरै मत ल्याउने दाबीसमेत गरे। उनले निर्धारित समयमै निर्वाचन हुनुपर्ने माग पनि राखे।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar