वैदेशिक रोजगारीमा जाने बढे, असोजमा साढे ७३ हजारभन्दा बढीले लिए श्रम स्वीकृति

  • कालिका खवर
  • मङ्लबार, कार्तिक १०, २०८३
  • काठमाडौं । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिनेको संख्या बढेको छ ।

    वैदेशिक रोजगार विभागले जारी गरेको विवरणअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन, भदौ र असोज)मा दुई लाख चार हजार २४८ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

    अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा वैदेशिक रोजगारीमा जान विभागबाट दुई लाख ७१६ जनाले श्रम स्वीकृति लिएका थिए ।

    विभागका अनुसार, २०८३ असोज महिनामा मात्र वैदेशिक रोजगारीमा जान ६३ हजार ३७७ पुरुष र १० हजार ३८८ महिला गरी कुल ७३ हजार ७६५ जनाले श्रम स्वीकृति लिएका छन् ।

    २०८२ असोज महिनामा ५६ हजार ६२५ पुरुष र आठ हजार नौ महिला गरी ६४ हजार ६३४ जनाले श्रम स्वीकृति लिएका थिए । गत वर्षको असोज महिनाको तुलनामा यस वर्षको असोजमा श्रम स्वीकृति लिनेको संख्या ९ हजार १३१ ले बढी रहेको छ ।

    विभागको विवरणअनुसार २०८३ साउनमा ७० हजार ४४१, भदौमा ६० हजार ४२ र असोजमा ७३ हजार ७६५ जनाले श्रम स्वीकृति लिएका छन् ।

    यस्तै, अघिल्लो वर्ष २०८२ को साउनमा ६८ हजार ११०, भदौमा ६७ हजार ९७२ र असोजमा ६४ हजार ६३४ जनाले श्रम स्वीकृति लिएका थिए ।

    आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा कुल एक लाख ७० हजार ५९१ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar