एनपीएललाई शुभकामना दिँदै प्रधानमन्त्रीले भने– नेपाली क्रिकेट अमर रहोस्

  • कालिका खवर
  • सोमवार, कार्तिक ९, २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन साहले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

    सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री साहले प्रतियोगितामा सहभागी हुन आएका सबै नेपाली खेलाडीहरू, आयोजक र नेपाल क्रिकेट संघ (क्यान)लाई शुभकामना व्यक्त गरेका हुन् ।

    एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद उत्सवको रुपमा उल्लेख गर्दै उनले उनले छोटो समयमै एनपीएल एउटा भव्य खेलकुद महाकुम्भको रूपमा स्थापित भएको बताए ।

    उनले प्रतियोगितामा सहभागी हुन नेपाल आएका सम्पूर्ण अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरहरूलाई उनले न्यानो स्वागत समेत गरे ।

    उनले फेसबुकमा लेखेका छन्, ‘नेपालको सबैभन्दा ठूलो खेलकुद उत्सव ‘नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु हुँदैछ र यो छोटो समयमै एउटा भव्य खेलकुद महाकुम्भको रूपमा स्थापित भइसकेको छ । लिगमा सहभागी हुन आउनुभएका सम्पूर्ण अन्तर्राष्ट्रिय खेलाडीहरू र कमेन्टेटरहरूलाई न्यानो स्वागत छ । नेपाली क्रिकेट अमर रहोस् ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar