ग्लास उत्पादनको निर्यातमा बन्देवी ट्रेडर्स उत्कृष्ट घोषित

  • कालिका खवर
  • शुक्रबार, अशोज ३०, २०८३
  • काठमाडौं । नेपाल हस्तकला महासंघले नेपाली हस्तकलाको निर्यातमा महत्वपूर्ण योगदान पुर्‍याउँदै ग्लास उत्पादन विधामा उत्कृष्ट निर्यातकर्ता बनेको बन्देवी ट्रेडर्सलाई ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ प्रदान गरेको छ।

    काठमाडौंको ठमेलस्थित बन्देवी ट्रेडर्सलाई आर्थिक वर्ष २०८२/८३ मा महासंघका सदस्यहरूमध्ये ग्लास उत्पादन विधामा सबैभन्दा बढी निर्यात गर्ने संस्थाका रूपमा सम्मान गरिएको हो। उक्त सम्मान बन्देवी ट्रेडर्सका तर्फबाट विज्ञान सिलवालले ग्रहण गरेका हुन्।

    नेपाल हस्तकला महासंघको ५०औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उक्त प्रमाणपत्र प्रदान गरिएको हो। सन् १९७२ मा स्थापना भएको महासंघले नेपाली हस्तकलाको प्रवर्द्धन, विकास तथा अन्तर्राष्ट्रिय बजारमा विस्तारका लागि काम गर्दै आएको छ।

    २०२६ अक्टोबर १५ मा प्रदान गरिएको प्रमाणपत्र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, बागमती प्रदेशका मन्त्री राजेन्द्र प्रजापतिको उपस्थितिमा हस्तान्तरण गरिएको हो। प्रमाणपत्रमा महासंघका अध्यक्ष रविन्द्र शाक्य र पुरस्कार तथा सम्मान समिति संयोजक प्रचण्ड शाक्यको हस्ताक्षर रहेको छ।

    यस सम्मानले नेपाली हस्तकलाका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न तथा निर्यात वृद्धि गर्न निजी क्षेत्रले पुर्‍याउँदै आएको योगदानलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar