बजाजको ‘गेम अफ पावर एक्सचेन्ज कार्निभल’ भृकुटीमण्डपमा, पुरानो बाइक साटेर नयाँ किन्न सकिने

  • कालिका खवर
  • शनिबार, अशोज २४, २०८३
  • काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले दसैँ–तिहारलाई लक्षित गर्दै ‘बजाज गेम अफ पावर एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ। ‘बजाज गेम अफ पावर’ अभियानअन्तर्गत आयोजित कार्निभल असोज २२ देखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ।

    कार्निभलमार्फत ग्राहकले आफ्नो पुरानो मोटरसाइकल साटेर नयाँ बजाज मोटरसाइकल खरिद गर्न सक्नेछन्। कम्पनीका अनुसार पुरानो मोटरसाइकलको मूल्यांकनका लागि २२ भन्दा बढी मूल्यांकनकर्ता उपलब्ध हुनेछन्। यसले ग्राहकलाई आफ्नो मोटरसाइकलको मूल्यांकन गराई नयाँ बाइकमा अपग्रेड हुन सहज बनाउने अपेक्षा गरिएको छ।

    कार्निभलमा ग्राहकका लागि नगद छुट, निःशुल्क एसेसरिज तथा तत्काल फाइनान्स सुविधासमेत उपलब्ध हुने कम्पनीले जनाएको छ। यी सुविधाले ग्राहकलाई आफ्नो आवश्यकता र बजेटअनुसार नयाँ मोटरसाइकल छनोट गर्न थप सहजता प्रदान गर्नेछन्।

    मोटरसाइकल खरिद तथा एक्सचेन्जलाई मात्रै प्राथमिकता नदिई कार्निभलमा ‘शो योर पावर’ लगायत विभिन्न मनोरञ्जनात्मक तथा सहभागितामूलक गतिविधिसमेत समावेश गरिएको छ। यसले मोटरसाइकलप्रेमीलाई चाडपर्वको अवसरमा मनोरञ्जनसँगै बजाजको अनुभव लिन थप अवसर प्रदान गर्नेछ।

    कम्पनीका अनुसार ‘गेम अफ पावर’ अभियानले मोटरसाइकल, उत्साह र ग्राहक सहभागितालाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्य राखेको छ। एक्सचेन्ज कार्निभललाई यही अवधारणाको प्रत्यक्ष अनुभवका रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।

    कार्निभलमा सहभागी हुन इच्छुक ग्राहकले असोज २२ देखि २९ गतेसम्म भृकुटीमण्डप पुगेर मोटरसाइकल एक्सचेन्ज, उपलब्ध छुट तथा अन्य सुविधाबारे जानकारी लिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar