स्केचर्सको ‘सप मोर, गेट मोर’ अभियान, ५० प्रतिशतसम्म छुटदेखि मोटरसाइकल र स्कुटरसम्म जित्ने अवसर

  • कालिका खवर
  • शनिबार, अशोज २४, २०८३
  • काठमाडौं । विश्वप्रसिद्ध कम्फर्ट जुत्ता ब्रान्ड स्केचर्सले नेपालीहरूको प्रमुख चाडपर्वलाई लक्षित गर्दै ‘सप मोर, गेट मोर’ नामक विशेष प्रवर्द्धनात्मक अभियान सार्वजनिक गरेको छ। अभियानअन्तर्गत ग्राहकले ५० प्रतिशतसम्म छुट पाउनुका साथै विभिन्न उपहार र बम्पर पुरस्कार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।

    दसैँदेखि छठसम्मको चाडपर्व अवधिलाई लक्षित गरी ल्याइएको यो अभियान आगामी १५ नोभेम्बर २०२६ अर्थात् २९ कात्तिक २०८३ सम्म सञ्चालन हुनेछ। चाडपर्वमा हुने किनमेललाई थप आकर्षक बनाउँदै ग्राहकलाई आरामदायी र गुणस्तरीय जुत्ता खरिदमा अतिरिक्त लाभ प्रदान गर्ने उद्देश्यले अभियान ल्याइएको कम्पनीले जनाएको छ।

    अभियानअन्तर्गत छनोट गरिएका स्केचर्सका उत्पादन तथा श्रेणीमा ४० देखि ५० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। साथै, अभियान अवधिभर साप्ताहिक रूपमा आयोजना हुने उपहार कार्यक्रममा सहभागी भएर ५० जना भाग्यशाली विजेताले विभिन्न उपहार जित्न सक्नेछन्।

    कम्पनीका अनुसार अभियानको अन्त्यमा आयोजना हुने बम्पर पुरस्कार कार्यक्रममा प्रथम पुरस्कारका रूपमा टिभिएस रोनिन मोटरसाइकल र दोस्रो पुरस्कारका रूपमा टिभिएस एनटर्क स्कुटर प्रदान गरिनेछ।

    यसका अतिरिक्त अभियान अवधिमा अन्य प्रवर्द्धनात्मक उपहार तथा ग्राहक सहभागितामूलक कार्यक्रमसमेत घोषणा हुन सक्ने कम्पनीले जनाएको छ।

    ‘धेरै किनमेल, धेरै लाभ’ भन्ने अवधारणामा आधारित यस अभियानले ग्राहकलाई चाडपर्वको किनमेलमा थप बचत र आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्ने स्केचर्सको लक्ष्य छ। परम्परागत छुट योजनाभन्दा फरक रूपमा खरिदसँगै थप लाभ प्राप्त गर्न सकिने अवधारणालाई अभियानले प्राथमिकता दिएको कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar