इन्फोडेभलपर्सले सार्वजनिक गर्‍यो ग्राहक प्रमाणीकरण प्लेटफर्म ‘VeriXa’

  • कालिका खवर
  • शनिबार, अशोज २४, २०८३
  • काठमाडौं । इन्फोडेभलपर्स प्रा.लि.ले नयाँ केवाईसी (KYC) तथा ग्राहक पहिचान र प्रमाणीकरणसम्बन्धी प्लेटफर्म ‘VeriXa’ सार्वजनिक गरेको छ। कम्पनीले असोज २३ देखि २५ गतेसम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना भइरहेको नेपाल फिनटेक एक्स्पो २०२६ को दोस्रो संस्करणका अवसरमा उक्त प्लेटफर्म सार्वजनिक गरेको हो।

    VeriXa बैंक तथा वित्तीय संस्था, सहकारी र विभिन्न व्यावसायिक संस्थालाई ग्राहक आबद्धता, केवाईसी व्यवस्थापन तथा नियामकीय अनुपालनका प्रक्रिया सहज र व्यवस्थित बनाउन लक्षित गरी विकास गरिएको प्लेटफर्म हो। यसले ग्राहक पहिचानदेखि प्रमाणीकरण र जोखिम मूल्याङ्कनसम्मका कामलाई एउटै प्रणालीबाट व्यवस्थापन गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ।

    प्लेटफर्ममा अनलाइन खाता खोल्ने सुविधा, डिजिटल केवाईसी, भिडियो केवाईसी, व्यवसाय प्रमाणीकरण (KYB), सम्पत्ति शुद्धीकरणसम्बन्धी निगरानी (AML Screening), जोखिम मूल्याङ्कन तथा कार्यप्रवाह व्यवस्थापनजस्ता सुविधा समावेश छन्। यी सुविधाले ग्राहकसम्बन्धी विवरणको प्रमाणीकरण र अनुपालन प्रक्रिया थप व्यवस्थित बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

    कम्पनीका अनुसार VeriXa ले विभिन्न प्रणाली तथा सेवासँग एकीकरण गर्न सक्ने भएकाले संस्थाहरूले विद्यमान प्रणालीसँग जोडेर ग्राहक प्रमाणीकरणका प्रक्रिया सञ्चालन गर्न सक्छन्। यसबाट म्यानुअल काम घटाउन, कार्यसञ्चालनलाई प्रभावकारी बनाउन र ग्राहक व्यवस्थापनलाई एकीकृत गर्न सहयोग पुग्नेछ।

    वित्तीय तथा व्यावसायिक क्षेत्रमा डिजिटल सेवाको प्रयोग बढ्दै जाँदा सुरक्षित, व्यवस्थित र नियामकीय मापदण्डअनुरूप ग्राहक व्यवस्थापनको आवश्यकता बढेको कम्पनीको भनाइ छ। यही आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले VeriXa विकास गरिएको इन्फोडेभलपर्सले जनाएको छ।

    एक्स्पोमा सहभागी आगन्तुक तथा उद्योग क्षेत्रका प्रतिनिधिले स्टल नम्बर F3 मा पुगेर VeriXa बारे थप जानकारी लिनुका साथै यसको प्रदर्शन (डेमो) का लागि बुकिङ गर्न सक्नेछन्।

    सन् २००२ मा स्थापना भएको इन्फोडेभलपर्स नेपालमा वित्तीय प्रविधि तथा सूचना सञ्चार प्रविधिको क्षेत्रमा काम गर्दै आएको कम्पनी हो। कम्पनीले बैंक तथा वित्तीय संस्थाका लागि वित्तीय प्रविधि समाधानसँगै मोबाइल बैंकिङ, कार्यालय स्वचालन, कृत्रिम बुद्धिमत्तामा आधारित उत्पादन तथा क्लाउड सेवा उपलब्ध गराउँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar