गगनलाई भेटेपछि उपसभापतिबाट ब्याक भए मिनेन्द्र रिजाल

  • कालिका खवर
  • बुधबार, अशोज २१, २०८३
  • काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन् ।

    सभापति गगन थापासँग भएको भेटपछि उनले उपसभापति फिर्ता लिन लागेका हुन् ।

    थापाले रिजाललाई उपसभापतिको उम्मेदवारी नबन्न आग्रह गरेका थिए ।

    थापाले महाधिवेशनपछि उपयुक्त पदमा व्यवस्थापन गर्ने आश्वासन दिएपछि रिजाल उम्मेदवारी फिर्ता गर्न सहमत भएका हुन् ।

    रिजालले थापासँग भएको भेट र उम्मेदवारी फिर्ता प्रसङ्गको कुराकानीको भिडियो समेत आफ्नो फेसबुक पेजमा राखेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar