कांग्रेस सभापतिमा उम्मेदवारी दिने किशोरसिंह राठौरको घोषणा

  • कालिका खवर
  • मङ्लबार, अशोज २०, २०८३
  • काठमाडौँ : नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। पूर्वसहमहामन्त्रीसमेत रहेका राठौरले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

    उनले सभापति पदमा उम्मेदवारी घोषणा गर्दै पार्टी मिलाउन सक्ने पनि बताए। ‘म प्रधानमन्त्री बन्न र सभापति मात्रै बन्नका लागि उम्मेदवारी दिन लागेको होइन, म सभापति भए पार्टी मिलाउँछु,’ उनले भने।

    १५ औं महाधिवेशनअन्तर्गत आज उम्मेदवारी दर्ताको कार्यक्रम छ। उनले जेनजी आन्दोलन, विशेष महाधिवेशन र कांग्रेसले चुनाव हारेपछि आफू दु:खी भएर जिल्लामै बस्दै आएकोसमेत बताएका थिए।

    राठौर नेविसंघ अध्यक्ष हुँदै पार्टी राजनीतिमा सक्रिय भएका नेता हुन्। उनले विशेष महाधिवेशन पक्षधरहरूले आफूलाई सहजै स्वीकार्ने अवस्था नरहेको पनि बताए।

    ‘यस्तै परिस्थिति म नेविसंघ अध्यक्ष हुने बेला पनि थियो, अहिले पनि विशेष महाधिवेशन पक्षधरले मलाई सहज स्वीकार गर्ने अवस्था छैन,’ उनले भने।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar