सुनको मूल्यमा फेरबदल भएन, चाँदीको भाउ १५ रुपैयाँले ओरालो

  • कालिका खवर
  • मङ्लबार, अशोज २०, २०८३
  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    सोमबार पनि सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँ नै रहेको थियो । महासंघका अनुसार १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ९१५ रुपैयाँ कायम भएको छ ।

    त्यस्तै, चाँदीको मूल्य भने घटेको छ । सोमबार प्रतितोला ४ हजार ४३० रुपैयाँ रहेको चाँदी मंगलबार १५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । १० ग्राम चाँदीको मूल्य ३ हजार ७८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar