भक्तपुरमा डेल्टा अटोकर्पको नयाँ शोरुम सञ्चालन, भेस्पा र अप्रिलियाका सम्पूर्ण मोडल उपलब्ध

  • कालिका खवर
  • सोमवार, अशोज १९, २०८३
  • काठमाडौं । भेस्पा तथा अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले भक्तपुरको घलाते चोकमा नयाँ सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ।

    भेस्पा तथा अप्रिलिया स्कुटरप्रति बढ्दो ग्राहक आकर्षणलाई मध्यनजर गर्दै ग्राहकलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले कम्पनीले देशभर शोरुम विस्तार गर्ने क्रममा भक्तपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको जनाएको छ।

    नयाँ शोरुमबाट ग्राहकले कम्पनीका अन्य शोरुमसरह बिक्री, सेवा तथा विभिन्न सुविधाहरू प्राप्त गर्नेछन्। शोरुममा कम्पनीले हालै नेपालमा सार्वजनिक गरेको १७५ सीसी क्षमताको अप्रिलिया एसआर १७५ समेत बिक्रीका लागि उपलब्ध रहेको छ। पावरफुल, स्टाइलिस तथा उत्कृष्ट पर्फर्मेन्सका लागि लक्षित एसआर १७५ सँगै भेस्पा र अप्रिलियाका सम्पूर्ण मोडलहरू शोरुममा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

    यसैगरी, भेस्पाका नयाँ आकर्षक लाइल्याक र गोल्डेन ओरो कलरका स्कुटरसमेत शोरुममा उपलब्ध छन्।

    दशैं अफरमा १ लाख रुपैयाँसम्म क्यास

    नयाँ शोरुमबाट भेस्पा तथा अप्रिलिया खरिद गर्ने ग्राहकका लागि कम्पनीले विशेष दशैं अफर समेत सार्वजनिक गरेको छ। अफरअन्तर्गत ग्राहकले हरेक खरिदमा स्क्र्याचमार्फत १ लाख रुपैयाँसम्म नगद जित्न सक्नेछन् भने पक्का उपहारका रूपमा अनर एक्स फाइभ प्ले स्मार्टवाच प्राप्त गर्नेछन्।

    त्यस्तै, एक्सचेञ्ज अफरअन्तर्गत पुरानो सवारीसाधन साट्दा २५ हजार रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। नागरिकताको आधारमा शून्य प्रतिशत सर्भिस चार्जमा फाइनान्स सुविधा समेत उपलब्ध हुने बताइएको छ।

    डेल्टा अटोकर्प प्रालिका डाइरेक्टर तथा सीईओ विजय महतोले भक्तपुरमा नयाँ शोरुम सञ्चालनमा आउनु कम्पनीका लागि महत्वपूर्ण अवसर भएको बताए।

    “भेस्पा र अप्रिलियाको प्रतिष्ठित इटालियन विरासतलाई भक्तपुरसम्म ल्याउँदै गर्दा आज हाम्रो लागि महत्वपूर्ण अवसर बनेको छ। कला, संस्कृति र हस्तकलाको समृद्ध विरासत बोकेको भक्तपुर यी दुई प्रतिष्ठित ब्रान्डका लागि स्वाभाविक गन्तव्य बनेको छ,” महतोले भने।

    नयाँ शोरुममार्फत भक्तपुरका ग्राहकलाई इटालियन डिजाइन, उत्कृष्टता र पर्फर्मेन्सको नयाँ अनुभव प्रदान गर्न पाउँदा आफूहरू गौरवान्वित रहेको उनले बताए।

    त्यस्तै, डाइरेक्टर केतन भिमसारियाले भक्तपुर नेपालको सम्पदा र संस्कृतिमा विशेष स्थान रहेको उल्लेख गर्दै नयाँ शोरुममार्फत स्थानीय ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्ने बताए।

    “नेपालको सम्पदा र संस्कृतिमा भक्तपुरको विशेष स्थान छ र यसको विकास यात्राको हिस्सा बन्न पाउँदा हामी निकै खुसी छौं। नयाँ शोरुमको सुरुवातसँगै हामी भक्तपुरको समृद्ध विरासतलाई भेस्पा र अप्रिलियाको विशिष्ट इटालियन पहिचानसँग जोड्दैछौं,” उनले भने।

    नयाँ शोरुम सञ्चालनमा आएसँगै भक्तपुर तथा आसपासका क्षेत्रका ग्राहकले भेस्पा र अप्रिलियाका स्कुटर खरिदसँगै आवश्यक सेवा तथा सुविधाहरू सहज रूपमा प्राप्त गर्ने कम्पनीको विश्वास छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar