नेता व्यवस्थापन गर्न पदाधिकारीको संख्या बढाउँदै कांग्रेस

  • कालिका खवर
  • शनिबार, अशोज १७, २०८३
  • काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन नजिकिँदै गर्दा पार्टीमा पदाधिकारी संख्या बढाउनेबारे आन्तरिक छलफल सुरु भएको छ ।

    आकांक्षीहरूको संख्या धेरै भएकाले उपसभापति, महामन्त्री र सहमहामन्त्री पद थप्ने विषयमा छलफल भइरहे पनि यसको अन्तिम निर्णय असोज १८ देखि २२ सम्म काठमाडौंमा हुने महाधिवेशनको बन्द सत्रले गर्नेछ ।

    हालको विधानअनुसार १ सभापति, २ उपसभापति, २ महामन्त्री, ११ सहमहामन्त्री (८ निर्वाचित र ३ मनोनीत) तथा १ मनोनीत कोषाध्यक्ष गरी १७ जना पदाधिकारी रहने व्यवस्था छ ।

    अहिले उपसभापति ३ (एक महिलासहित), महामन्त्री ३ र सहमहामन्त्री १५ सम्म पुर्‍याउनेबारे चर्चा चलेको छ ।

    पार्टी प्रवक्ता देवराज चालिसे र महामन्त्री प्रदीप पौडेलका अनुसार पदाधिकारी संख्या बढाउने वा साविककै राख्ने भन्नेबारे अहिलेसम्म कुनै औपचारिक प्रस्ताव वा निर्णय भइसकेको छैन ।

    महामन्त्री पौडेलको संयोजकत्वमा विधान संशोधनको गृहकार्य भइरहेको र बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले छलफल गरी यसबारे टुंगो लगाउने कांग्रेसले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar