पार्टीलाई एकताबद्ध, सुदृढ र मजबुत बनाउन देउवाको अपिल

  • कालिका खवर
  • बिहिबार, अशोज १५, २०८३
  • काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले १५औँ महाधिवेशनअन्तर्गत आजदेखि सुरु हुने वडा अधिवेशन भव्य रूपमा सम्पन्न गर्न आग्रह गरेका छन् ।

    देउवाले बिहीबार बिहान अपिल जारी गर्दै अधिवेशन सुरु भएकै अवसरमा पार्टी पंक्तिलाई प्रफुल्ल र उत्साहका साथ सहभागिता जनाउन आग्रह गरेका हुन् ।

    “​झन्डै आठ दशक लामो राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेसले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासनका लागि पुर्‍याएको योगदान, त्याग र बलिदानलाई थप सुदृढ बनाउन यो १५ औँ महाधिवेशन निकै महत्त्वपूर्ण छ,” देउवाको भनाइ छ ।

    जारी अपिलमा देशभरका ६ हजार ७४३ वटै वडाहरूमा विधि र प्रक्रिया पूरा गरी हर्षोल्लासका साथ वडा अधिवेशन सम्पन्न गर्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरिएको छ ।

    साथै, पार्टीभित्र देखिने आन्तरिक मतभेदहरूलाई १५औँ महाधिवेशनको आन्तरिक लोकतान्त्रिक अभ्यासका माध्यमबाट समाधान गर्दै नेपाली कांग्रेसलाई अझ एकताबद्ध, सुदृढ र मजबुत बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar