बजाज चेतकको ‘फेस्टिभ फाइभ’ योजना सार्वजनिक

  • कालिका खवर
  • मङ्लबार, अशोज १३, २०८३
  • काठमाडौं । नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले दसैंदेखि छठसम्म लागू हुने गरी ‘चेतक फेस्टिभ फाइभ’ योजना सार्वजनिक गरेको छ।

    चाडपर्वलाई लक्षित गर्दै ल्याइएको सीमित अवधिको उक्त योजनामार्फत ग्राहकलाई प्रिमियम तथा विद्युतीय मोबिलिटीमा सहज रूपमा जोडिन प्रोत्साहित गर्ने कम्पनीको उद्देश्य रहेको छ।

    योजनाअन्तर्गत बजाज चेतकका कुनै पनि मोडल खरिद गर्ने ग्राहकले पाँचवटा विशेष सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ। जसमा ० प्रतिशत ब्याजदरमा ईएमआई फाइनान्सिङ, १ लाख रुपैयाँसम्मको क्यासब्याक, ५ वर्षको वारेन्टी, ५ वर्षसम्मको ईएमआई भुक्तानी सुविधा र निःशुल्क प्रिमियम एसेसरिज रहेका छन्।

    योजनाबारे गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले चाडपर्व नयाँ सुरुवात र पारिवारिक खुसीको अवसर भएकाले ग्राहकलाई आर्थिक रूपमा सहज र झन्झटरहित सुविधा उपलब्ध गराउने उद्देश्यले ‘चेतक फेस्टिभ फाइभ’ ल्याइएको बताए।

    उनका अनुसार शून्य प्रतिशत ब्याज, क्यासब्याक र ५ वर्षको वारेन्टीजस्ता सुविधाले ग्राहकलाई विद्युतीय सवारी रोज्न थप सहजता प्रदान गर्नेछ।

    ‘चेतक फेस्टिभ फाइभ’ योजना देशभरका आधिकारिक बजाज तथा चेतक शोरुममा छठसम्म उपलब्ध रहने कम्पनीले जनाएको छ।

    बजाज चेतक विद्युतीय दुईपाङ्ग्रे सवारीको ब्रान्ड हो। कम्पनीका अनुसार चेतकले आफ्नो ऐतिहासिक विरासतलाई टिकाउपन, शैली तथा स्मार्ट कनेक्टिभिटीसँग संयोजन गर्दै आएको छ। क्लासिक डिजाइन र आधुनिक प्रविधिको संयोजनसहित चेतक नेपाली बजारमा उपलब्ध विद्युतीय स्कुटरमध्ये एकका रूपमा रहेको कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar