प्रचण्डको चेतावनी: पूर्वप्रधानन्यायाधीसलाई पक्राउ गरेको सरकारले ठूलो मूल्य चुकाउनुपर्छ

  • कालिका खवर
  • सोमवार, अशोज १२, २०८३
  • काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशिष्ट व्यक्तिहरूलाई पक्राउ गर्ने घटनालाई सामान्य रूपमा नलिन सरकारलाई चेतावनी दिएका छन्।

    सोमबार सिंहदरबारस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले पक्राउका घटनालाई लिएर सरकारको नियतमाथि प्रश्न उठाएका हुन्। उनले ‘छोरी पिटेर बुहारी तर्साउने’ उद्देश्यले यस्ता गतिविधि भइरहेको भए त्यसको परिणाम सरकारकै लागि गम्भीर हुन सक्ने बताए।

    सुरक्षाको जोखिम देखाएर पक्राउ गर्नु उचित नभएको उनको भनाइ छ। वास्तविक रूपमा सुरक्षा चुनौती रहेको अवस्थामा सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिनुभन्दा आवश्यक सुरक्षाकर्मी परिचालन गरेर सुरक्षा दिन सकिने प्रचण्डले बताए। उनले ‘सुरक्षा थ्रेट’को कारण देखाइए पनि त्यसको औचित्य सामान्य नागरिकले समेत बुझ्न सक्ने किसिमको हुनुपर्ने धारणा राखे।

    यस्ता गतिविधि दोहोरिन नदिन उनले सरकारलाई सचेतसमेत गराए। विशिष्ट व्यक्तिमाथि हुने कारबाहीका विषयमा सरकारले गम्भीर भएर सोच्नुपर्ने भन्दै प्रचण्डले अहिलेको शैलीले सरकारलाई भविष्यमा ठूलो राजनीतिक तथा सार्वजनिक मूल्य चुकाउने अवस्था आउन सक्ने बताए।

    यसैबीच, संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले गरेको सम्बोधनबारे पनि प्रचण्डले प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा अहिलेको परिस्थितिअनुसार उठाउनुपर्ने विषय नै प्रस्तुत गरेको उनको भनाइ थियो।

    बालेनको सम्बोधनलाई लिएर अनावश्यक चर्चा वा अतिरञ्जना गर्न आवश्यक नरहेको बताउँदै प्रचण्डले प्रधानमन्त्रीको ठाउँमा अर्को व्यक्ति भएको भए पनि त्यस्तै विषय उठाउने धारणा राखे।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar