पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ

  • कालिका खवर
  • आइतवार, अशोज ११, २०८३
  • काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन्। उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ।

    प्रहरीका अनुसार जबरालाई महाराजगञ्जस्थित निवासबाटै नियन्त्रणमा लिइएको हो। पक्राउको कारण तथा उनीमाथि लागेका आरोपबारे प्रहरीले विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन।

    जबराको पक्राउबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar