रिडाराको चाडपर्व लक्षित ‘फेस्टिव एडभेन्चर्स अवेइट’ अभियान, ईभी पिकअप किन्दा नथिङ फोन र हिरो एक्सपल्स जित्ने अवसर

  • कालिका खवर
  • बिहिबार, अशोज ८, २०८३
  • काठमाडौं । जीली अटो ग्रुपअन्तर्गतको विश्वव्यापी विद्युतीय सवारी ब्रान्ड रिडाराले चाडपर्वलाई लक्षित गर्दै ‘फेस्टिव एडभेन्चर्स अवेइट’ अभियान सार्वजनिक गरेको छ।

    अभियानअन्तर्गत रिडारा इकोन इलेक्ट्रिक पिकअप खरिद गर्ने ग्राहकले आकर्षक उपहार तथा बम्पर पुरस्कार जित्ने अवसर पाउनेछन्। अभियान अवधिभर रिडारा इकोन खरिद गर्ने प्रत्येक ग्राहकले नथिङ फोन ए–फोर प्रो पक्का उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ।

    त्यस्तै, एक भाग्यशाली ग्राहकले बम्पर पुरस्कारस्वरूप हिरो एक्सपल्स प्रो मोटरसाइकल जित्ने अवसर पाउनेछन्।

    चाडपर्वको यात्रालाई सहज, आरामदायी र रोमाञ्चक बनाउने उद्देश्यले अभियान ल्याइएको कम्पनीले जनाएको छ। दैनिक यात्रा, व्यावसायिक प्रयोग तथा साहसिक यात्राका लागि तयार गरिएको रिडारा इकोनमा आधुनिक विद्युतीय प्रविधि, उपयोगिता र कार्यक्षमताको संयोजन रहेको कम्पनीको दाबी छ।

    नेपालका विभिन्न सडक तथा भूभागमा उपयोगका लागि डिजाइन गरिएको रिडारा इकोन ४×४ मा २२५ एमएम न्यूनतम ग्राउन्ड क्लियरेन्स, ४८५ एनएम पिक टर्क र १,२३५ केजीसम्म भारवहन क्षमता रहेको छ। यी विशेषताले सहरी सडक, राजमार्ग, उकालो तथा कठिन भूभागमा समेत यसको उपयोगिता बढाउने कम्पनीको भनाइ छ।

    सुरक्षा र टिकाउपनलाई समेत प्राथमिकता दिइएको इकोनमा ब्याट्री सुरक्षाका छवटा प्रमुख प्रविधि तथा धुलो र पानीबाट सुरक्षा प्रदान गर्ने आईपी६८ रेटेड ब्याट्री प्याक उपलब्ध रहेको जनाइएको छ। फराकिलो क्याबिन, आकर्षक डिजाइन तथा उपयोगी कार्गो स्पेसका कारण यो व्यक्तिगत र व्यावसायिक दुवै प्रयोजनका लागि लक्षित गरिएको छ।

    ‘फेस्टिव एडभेन्चर्स अवेइट’ अभियानमार्फत चाडपर्वको अवसरलाई थप उत्साहपूर्ण बनाउँदै ग्राहकलाई विद्युतीय सवारीसँग नयाँ यात्रा र सम्भावनाको अनुभव गराउने लक्ष्य रिडाराले लिएको छ।

    कम्पनीका अनुसार यो अभियान असोज ६ गतेदेखि कात्तिक २९ गतेसम्म सीमित अवधिका लागि लागू हुनेछ। अभियानमा नियम तथा सर्तहरू लागू हुनेछन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar