एलजीको दशैं–तिहार योजना सार्वजनिक, २५ प्रतिशतसम्म नगद छुट र आकर्षक उपहार

  • कालिका खवर
  • बुधबार, अशोज ७, २०८३
  • काठमाडौं । महान् पर्व दशैं तथा तिहारलाई लक्षित गर्दै एलजीले विशेष पर्व योजना ‘एलजीको उपहार, मनाऔँ दशैं र तिहार’ सार्वजनिक गरेको छ।

    यस योजनाअन्तर्गत ग्राहकले एलजीका विभिन्न घरायसी उपकरण खरिदमा २५ प्रतिशतसम्म नगद छुट तथा आकर्षक उपहार प्राप्त गर्न सक्नेछन्।

    कम्पनीका अनुसार टिभी (९३२ इन्च बाहेक), अडियो सिस्टम, भ्याकुम क्लिनर, सिङ्गल डोर रेफ्रिजरेटर तथा ३०८ लिटरसम्मका डबल डोर रेफ्रिजरेटर खरिदमा नगद छुटको व्यवस्था गरिएको छ।

    नगद छुटसँगै विभिन्न उत्पादनको खरिदमा आकर्षक उपहारसमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ। फ्रन्टलोड वासिङ मेसिनको खरिदमा ६ केजी सर्फ एक्सेल म्याटिक, टपलोडमा ४ केजी र ट्विन टबमा २ केजी सर्फ एक्सेल डिटर्जेन्ट निःशुल्क दिइनेछ।

    त्यस्तै, साइड–बाई–साइड रेफ्रिजरेटर खरिदमा माइक्रोवेभ ओभन तथा ३४० लिटरभन्दा माथिका डबल डोर रेफ्रिजरेटरमा मिक्सर उपहार पाइनेछ। डिशवासर खरिदमा दुई प्याकेट फर्च्युन ट्याब्लेट, माइक्रोवेभ ओभनमा कुकिङ किट तथा एयर कन्डिसनर खरिदमा निःशुल्क जडान सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ।

    चयनित उत्पादनमा नोकस्ट ईएमआई सुविधा पनि उपलब्ध रहेको छ। यसले ग्राहकलाई आफूले रोजेको एलजी उत्पादन सहज किस्ताबन्दीमा खरिद गर्न थप सुविधा पुग्ने कम्पनीको भनाइ छ।

    एलजीका उत्पादनमा प्रविधि, डिजाइन, ऊर्जा दक्षता र टिकाउपनलाई प्राथमिकता दिइँदै आएको कम्पनीले जनाएको छ। पर्व योजनामार्फत आधुनिक प्रविधियुक्त उत्पादनसँगै आकर्षक छुट तथा उपहार उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीको भनाइ छ।

    नेपालमा एलजीको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले देशभर रहेका अधिकृत एलजी ब्रान्डसप तथा बिक्री केन्द्रमार्फत यो योजना सञ्चालन गर्नेछ। कम्पनीले दशैं तथा तिहारको अवसरमा ल्याइएको योजनाले ग्राहकलाई प्रविधि, सुविधा र आकर्षक मूल्यको संयोजन उपलब्ध गराउने अपेक्षा गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar