भक्कानिँदै सांसद खतिवडाले भनिन्- जेन्जीले न्याय पाए एक सेकेन्डमा पदबाट राजीनामा दिन्छु

  • कालिका खवर
  • मङ्लबार, अशोज ६, २०८३
  • काठमाडौं । रास्वपा सांसद रचना खतिवडा खत्री प्रतिनिधिसभाको बैठकमा भक्कानिएकी छिन् । उनले जेनजी शहीदले अझै न्याय पाउन नसकेको भन्दै भक्कानिएकी हुन् ।

    उनले शहीद परिवारलाई न्यायको प्रत्यक्ष आभास हुने काम गर्न सरकारलाई आग्रह गरिन् । मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा जेनजी शहीद रसिक खतिवडाकी आमा खतिवडाले शहीदको रगत अझै नसुकेको स्मरण गराउँदै न्यायको प्रत्यक्ष आभास हुने गरी सरकारलाई काम गर्न आग्रह गरेकी हुन् ।

    उनले आन्दोलनका क्रममा थुनामा रहेका सम्पूर्ण जेन्जी थुनुवाहरूलाई विनासर्त तत्काल रिहा गर्न र घाइतेहरूको उपचारका लागि संसारको जुनसुकै कुनामा लैजानु परे पनि राज्यले सम्पूर्ण खर्च व्यहोरेर निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेकी छिन् ।

    संसद्‍मा उभिनु कुनै व्यक्तिगत राजनीतिक रहर, महत्त्वाकाङ्क्षा वा पदको लालच नभएको भन्दै उनले जेन्जी आन्दोलनका शहीदहरूले पूर्ण रुपमा न्याय पाए सांसद पदबाट राजीनामा दिन एक सेकेन्ड पनि नहिच्किचाउने स्पष्ट पारिन् ।

    उनले ‘छोराको लासमाथि सांसद पद साटेको’ भन्दै निकृष्ट र अपमानजनक टिप्पणी गर्ने गरेको भन्दै एउटी आमाको छातीको पीडा र ममतामाथि राजनीतिक आक्रमण नगर्न र तुच्छ शब्द बोल्नुअघि हजार पटक सोच्न आग्रह गरिन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar