परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्रीबीच भेटवार्ता

  • कालिका खवर
  • मङ्लबार, अशोज ६, २०८३
  • काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा सहभागी हुने क्रममा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा भएको भेटवार्तामा उनीहरुबीच नेपाल–पोर्चुगल सम्बन्धबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    भेटमा नेपाल र पोर्चुगलबीच बढ्दै गएको मैत्रीपूर्ण तथा सहकार्यपूर्ण सम्बन्धप्रति दुवै पक्षले खुसी व्यक्त गरेका छन् । साथै, आपसी हितका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप विस्तार र सुदृढ बनाउने उपायबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar