काठमाडौंमा असोज ५ देखि ‘यामाहा ब्लू फेस्ट’, १० लाखसम्म क्यासब्याकसहित ‘द बिगेस्ट एक्सचेन्ज मेला’

  • कालिका खवर
  • सोमवार, अशोज ५, २०८३
  • काठमाडौं । यामाहा नेपालको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले वार्षिक कार्यक्रम ‘यामाहा ब्लू फेस्ट’ आयोजना गर्ने भएको छ। काठमाडौंको भृकुटीमण्डपमा असोज ५ देखि १० गतेसम्म सञ्चालन हुने यस वर्षको ब्लू फेस्टलाई ‘द बिगेस्ट एक्सचेन्ज मेला’का रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।

    मेलामार्फत ग्राहकले यामाहाका नयाँ पुस्ताका मोटरसाइकल तथा स्कुटरमा आफ्नो पुरानो दुईपांग्रे सवारीसाधन एक्सचेन्ज गरी अपग्रेड गर्न सक्नेछन्। साथै, फाइनान्सिङ तथा विभिन्न अफरमार्फत नयाँ सवारी खरिदलाई सहज बनाउने व्यवस्था गरिएको छ।

    मेलास्थलमै पुरानो सवारीसाधनको मूल्यांकन गर्न सकिनेछ। त्यसका लागि ५० भन्दा बढी तालिमप्राप्त भ्यालुएटर परिचालन गरिने कम्पनीले जनाएको छ। ग्राहकले आफ्नो पुरानो सवारीसाधन एक्सचेन्ज गर्दा १० लाख रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

    यामाहाले नागरिकताको आधारमा तत्काल फाइनान्सिङ सुविधा उपलब्ध गराउने जनाएको छ। ग्राहकका लागि ४० महिनासम्मको कम ईएमआई योजना समेत उपलब्ध हुनेछ। मेला अवधिमा विभिन्न गतिविधिमा सहभागी भएर हाइटेक ग्याजेट जित्ने अवसर पनि रहने कम्पनीले जनाएको छ।

    मेलामा ‘चंगा चेट’ अभियानसमेत सार्वजनिक गरिनेछ। अभियानमार्फत पुराना दुईपांग्रे सवारीसाधन एक्सचेन्ज गरी नयाँ यामाहा खरिद गर्न ग्राहकलाई प्रोत्साहित गरिने बताइएको छ।

    एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले ब्लू फेस्टमार्फत नेपाली राइडरलाई यामाहाको प्रविधि र विश्वस्तरीय उत्पादनसँग नजिक ल्याउने उद्देश्य रहेको बताए। यस वर्ष ग्राहकका लागि अपग्रेड प्रक्रिया थप सहज र लाभदायक बनाउने प्रयास गरिएको उनले बताए।

    छ दिनसम्म सञ्चालन हुने मेलामा खरिद तथा एक्सचेन्ज सुविधासँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना हुनेछन्। आगन्तुकले स्टन्ट शो, टेस्ट राइड, राइडर, क्रिएटर तथा सेलिब्रेटीसँग भेटघाट र कस्प्ले आर्टिस्टको प्रस्तुति अवलोकन गर्न सक्नेछन्।

    यसैगरी, मेला अवधिभर विभिन्न डुअर प्राइज तथा निःशुल्क एसेसरिज उपलब्ध गराइने कम्पनीले जनाएको छ।

    पछिल्ला वर्षहरूमा यामाहा ब्लू फेस्ट दुईपांग्रे सवारीसाधनप्रेमीका लागि आकर्षणको कार्यक्रम बन्दै आएको भन्दै कम्पनीले यस वर्ष पनि ठूलो संख्यामा ग्राहक तथा आगन्तुक सहभागी हुने अपेक्षा गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar