सुर्खेतमा अथर नेपालको १६औँ अनुभव केन्द्र सञ्चालन, कर्णालीमा विद्युतीय मोबिलिटी विस्तार

  • कालिका खवर
  • सोमवार, अशोज ५, २०८३
  • काठमाडौँ । अथर नेपालले आफ्नो देशव्यापी विद्युतीय मोबिलिटी नेटवर्क विस्तार गर्दै सुर्खेतमा १६औँ अनुभव केन्द्र सञ्चालनमा ल्याएको छ। वीरेन्द्रनगर–१२, एयरपोर्ट चोकमा असोज ५, २०८३ देखि सञ्चालनमा आएको नयाँ अनुभव केन्द्रमार्फत सुर्खेतसहित कर्णाली क्षेत्रका ग्राहकले अथरका विद्युतीय स्कुटर, प्रविधि तथा बिक्रीपछिको सेवाबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्।

    नयाँ अनुभव केन्द्रमा ग्राहकले अथरका नवीनतम ४५० सिरिज तथा रिज्ता सिरिजका स्कुटरबारे जानकारी लिनुका साथै प्रोडक्ट डेमोन्स्ट्रेसन र टेस्ट राइडको सुविधा पाउनेछन्।

    अथर ४५० सिरिजमा पर्फर्मेन्स, प्रविधि र दैनिक प्रयोगको व्यावहारिकतालाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ। नयाँ मोडलहरूमा राइडिङलाई सहज बनाउन म्याजिक ट्विस्ट, इन्फिनिट क्रुज र भ्वाइस इन्टर्याक्सनजस्ता फिचर समावेश छन्। म्याजिक ट्विस्टले एक्सेलेरेटर ग्रिपमार्फत स्कुटरको डिसेलेरेसन नियन्त्रण गर्न सहयोग गर्छ भने इन्फिनिट क्रुजले लामो दूरीको यात्रामा निर्धारित गति कायम राख्न मद्दत गर्छ। भ्वाइस इन्टर्याक्सनमार्फत सपोर्टेड फङ्क्सनमा भ्वाइस कमान्ड प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

    त्यस्तै, अथर रिज्तालाई पारिवारिक मोबिलिटीलाई लक्षित गरी डिजाइन गरिएको विद्युतीय स्कुटरका रूपमा प्रस्तुत गरिएको छ। लामो सिट, कम्फर्ट र दैनिक पारिवारिक प्रयोगका लागि आवश्यक प्राक्टिकल फिचरका कारण रिज्ता परिवारका विभिन्न आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको कम्पनीको भनाइ छ।

    अथर नेपालले विद्युतीय मोबिलिटीको विस्तारसँगै बिक्रीपछिको सेवा तथा चार्जिङ पूर्वाधारलाई पनि विस्तार गर्दै आएको जनाएको छ। कम्पनीका अनुसार देशभर हाल १० भन्दा बढी अधिकृत सर्भिस सेन्टर र ५० भन्दा बढी फास्ट चार्जिङ पोइन्ट सञ्चालनमा छन्।

    अथरको एट७० ब्याट्री वारन्टीअन्तर्गत लागू हुने सर्तअनुसार ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटर, जुन पहिले आउँछ, सो अवधिसम्म वारन्टी उपलब्ध रहेको कम्पनीले जनाएको छ। ब्याट्रीको स्वास्थ्य ७० प्रतिशतभन्दा तल पुगेको अवस्थामा पनि लागू हुने वारन्टी सर्तअनुसार ब्याट्री रिप्लेसमेन्ट कभरेज उपलब्ध हुने बताइएको छ।

    असोज ११ सम्म विशेष उद्घाटन अफर

    सुर्खेतमा नयाँ अनुभव केन्द्र सञ्चालनको अवसरमा अथर नेपालले असोज ११, २०८३ सम्म विशेष उद्घाटन योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत नगद खरिदमा एट७० ब्याट्री वारन्टी, फाइनान्सिङमा ० प्रतिशत ब्याजदरको फाइनान्सिङ तथा पुरानो स्कुटर एक्सचेन्ज गरी नयाँ अथर खरिद गर्दा थप ८ हजार रुपैयाँको मूल्यांकन सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।

    उक्त अफर सीमित अवधिका लागि लागू हुने र सम्बन्धित नियम तथा सर्तहरू लागू हुने बताइएको छ।

    नेपालमा अथर इनर्जीको अधिकृत वितरक वैद्य इनर्जी प्रालि हो। वैद्य इनर्जीले अथरका रिटेल, सर्भिस तथा चार्जिङ इकोसिस्टमलाई देशभर विस्तार गर्दै आएको जनाएको छ।

    सुर्खेतमा १६औँ अनुभव केन्द्र सञ्चालनसँगै कर्णाली क्षेत्रमा अथरको उपस्थिति थप विस्तार भएको छ। नयाँ केन्द्रबाट स्थानीय ग्राहकले अथरका उत्पादन, प्रविधि, टेस्ट राइड तथा बिक्रीपछिको सेवाबारे प्रत्यक्ष सुविधा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar