विद्युतमा करको भार घटाऔँ, जनतालाई राहत दिऔँ : राजेन्द्र मल्ल

  • कालिका खवर
  • सोमवार, अशोज ५, २०८३
  • काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले विद्युतमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) को भार घटाउन सरकारसँग माग गरेका छन्।

    मल्लले जलस्रोतमा धनी नेपालमा घरेलु विद्युत्मा ५ प्रतिशत तथा व्यावसायिक र औद्योगिक विद्युत्मा १३ प्रतिशत भ्याट अत्यधिक भएको बताएका छन्।

    उनले विद्युत्मा लाग्ने करको अन्तिम भार कुनै न कुनै रूपमा सर्वसाधारण उपभोक्तामाथि नै पर्ने उल्लेख गर्दै विद्युत् करको भार घटाउनुपर्ने धारणा राखेका छन्।

    “जताबाट घुमाए पनि यसको अन्तिम भार जनताकै थाप्लोमा पर्छ,” मल्लले भनेका छन्।

    विद्युतको कर भार घटाउँदा सर्वसाधारणलाई राहत पुग्नुका साथै उद्योगको उत्पादन लागत घट्ने र नेपाली उद्योगलाई प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने उनको भनाइ छ।

    मल्लले विद्युतलाई सस्तो र सहज बनाउँदै त्यसलाई आर्थिक विकास तथा समृद्धिको आधारका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar