सिटिजन्स बैंकको कर्णाली प्रदेश रणनीतिक समीक्षा, केन्द्र–प्रदेश सहकार्यमा जोड

  • कालिका खवर
  • शुक्रबार, अशोज २, २०८३
  • काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेशमा प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य कर्मचारीहरूको सहभागितामा ‘ओभरकमिङ डिस्टेन्स, डेलिभरिङ रिजल्ट्स : परफर्मेन्स एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यू–कर्णाली प्रोभिन्स २०८३/८४’ विषयक सेमिनार आयोजना गरेको छ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत तथा अन्य वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा सम्पन्न सेमिनारमा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा तथा चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना र प्राथमिकताका विषयमा छलफल गरिएको बैंकले जनाएको छ।

    कार्यक्रममा केन्द्र र प्रदेशबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै बैंकिङ सेवा विस्तार तथा व्यवसायिक वृद्धिका लागि आवश्यक रणनीतिबारे अन्तरक्रिया गरिएको थियो। कर्णाली प्रदेशका ८ जिल्लामा बैंकका ११ वटा शाखा सञ्चालनमा रहेका छन्।

    बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रवाह १.२४ प्रतिशतले वृद्धि भई १ खर्ब ७७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। यस्तै, निक्षेप संकलन ९.२२ प्रतिशतले बढेर २ खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। सो अवधिमा बैंकको खुद नाफा ६३.०५ प्रतिशतले वृद्धि भई २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको जनाएको छ।

    बैंकले यसअघि फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको जनाएको छ। साथै, नवयुवालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ।

    फ्रिलान्सरहरूलाई लक्षित गर्दै ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ समेत सञ्चालनमा ल्याएको बैंकले जनाएको छ। यस्तै, मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा सीआरएन नम्बर सेवा लिन सकिने सुविधा र अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकका शाखामा टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने ‘क्रस बैंक टेलर’ सुविधा पनि उपलब्ध गराइएको बैंकको भनाइ छ।

    सिटिजन्स बैंकले देशभर ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ एकाइमार्फत २० लाख ६४ हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ। बैंकले ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ अवार्ड प्राप्त गरेको पनि उल्लेख गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar