२१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजनामा ३ अर्ब ४२ करोडको ऋण लगानी

  • कालिका खवर
  • शुक्रबार, अशोज २, २०८३
  • काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण हुने २१ मेगावाट क्षमताको जल्दीगाड जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ।

    आयोजना निर्माणको कुल लागत ४ अर्ब ६० करोड रुपैयाँ रहेको छ। जसमध्ये राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको अगुवाइमा नेपाल बैंक लिमिटेड र नेपाल पूर्वाधार विकास बैंक लिमिटेडले ३ अर्ब ४२ करोड रुपैयाँ सहवित्तीयकरण कर्जा उपलब्ध गराउने सम्झौता भएको हो। बाँकी रकम प्रवर्द्धक कम्पनीले स्वपुँजीमार्फत व्यवस्थापन गर्नेछ।

    सम्झौताअनुसार सहवित्तीयकरण कर्जामा राष्ट्रिय वाणिज्य बैंकको १ अर्ब ४२ करोड रुपैयाँ, नेपाल बैंकको १ अर्ब रुपैयाँ र नेपाल पूर्वाधार विकास बैंकको १ अर्ब रुपैयाँ लगानी रहनेछ।

    आयोजनाको वित्तीय व्यवस्थापन सुनिश्चित गर्ने उद्देश्यले बिहीबार राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय, सिंहदरबार प्लाजामा आयोजना तथा बैंकका प्रतिनिधिहरूको उपस्थितिमा सम्झौता पत्र आदानप्रदान गरिएको हो।

    बैंकहरूले यस आयोजनामा वित्तीय साझेदारका रूपमा सहभागी हुन पाउनु गौरवको विषय भएको जनाएका छन्। जल्दीगाड जलविद्युत आयोजना निर्माणसँगै कर्णाली क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar